९२ हाइड्रोपावरले बेचे १५ अर्ब ७७ करोडको बिजुली, कुन कम्पनीले कति ? (सूचीसहित)
काठमाडौं । नाफामा चामत्कारिक ग्रोथ गरेका जलविद्युत कम्पनीहरुले तीन महिनामा साढे १५ अर्ब रुपैयाँ बढीको विद्युत बिक्री गरेका छन् ।
हाल संचालनमा रहेकामध्ये ९२ वटा कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा ती कम्पनीहरुले १५ अर्ब ७७ करोड १५ लाख रुपैयाँ बराबरको बिद्युत बिक्री आम्दानी गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४.२३ प्रतिशत धेरै हो । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीहरुको यस्तो आम्दानी १५ अर्ब १३ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
अहिले जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था ठुलो बदलाव आएको छ । नाफा झन्डै दोब्बर बढेको छ । गत आवको तुलनामा खुद नाफा ९२.९२ प्रतिशत वृद्धि भएको देखिन्छ । कम्पनीहरुको प्रतिसेयर आम्दानी र नेटवर्थ पनि व्यापाक सुधार आएको छ । अधिकांश सूचकमा सकारात्मक बढोत्तरी आएको छ । कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा लगायतका सूचकमा सुधार आएको हो ।
समिक्षा अवधिमा अपर तामाकोशी एक्लैले ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । कम्पनीको बिद्युत बिक्री आम्दानी ३१.५३ प्रतिशत वृद्धि भएको हो । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनीको यस्तो आम्दानी २ अर्ब ९३ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
यता, साहस उर्जाले पनि तीन महिनामा ९२ करोड ४६ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । यो गत वर्षको तुलनामा ६.६३ प्रतिशत धेरै हो । तेस्रो स्थानमा रहेको माउन्टेन इनर्जीले पनि यस्तो आम्दानी २३.७० प्रतिशत बढाएर ६१ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ ।
समिक्षा अवधिमा ग्रीन भेन्चर्स लिमिटेडले ५७ करोड ६० लाख, सानिमा मिडलले ५७ करोड ४६ लाख, साञ्जेन जलविदुतले ५५ करोड ७९ लाख, अपि पावरले ५३ करोड ८४ लाख, सुपर मादी ३९ करोड ५५ लाख, चिलिमे हाइड्रोपावर ३५ करोड ३० लाख, पिपुल्स हाइड्रोपावरले ३१ करोड ८१ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् ।
विवरण अनुसार स्वेतगंगा हाइड्रोपावरले २७ करोड ५१ लाख, सिंगटीले २५ करोड ८६ लाख, अपर सोलुले २५ करोड ८३ लाख, बुटवल पावरले २४ करोड १२ लाख, सानिमा माइ २२ करोड २ लाख, हिमालयन पावरले २१ करोड ६० लाख, सुपर माइले १९ करोड ८६ लाख, माउन्टेन हाइड्रोपावरले १९ करोड ५५ लाख, अरुण काबेलीले १९ करोड ४२ लाख, हिमालयन उर्जा विकासले १८ करोड ७७ लाख, न्यादी हाइड्रोपावरले १७ करोड ३ लाख, विन्ध्यावासिनीले १६ करोड ६४ लाख, मान्डुले १६ करोड ६४ लाख रुपैयाँ बराबरको बिद्युत बिक्री गरेका छन् ।
तर, रसुवागढी, बलेफी, अपर लोहरे, त्रिशुली जलविद्युत, माबिलुङ्ग इनर्जीले भने बिद्युत बिक्री आम्दानी उल्लेख गरेका छैनन् ।
कुन जलविद्युत कम्पनीको विद्युत बिक्री आम्दानी कति ? (रकम हजारमा)














