सुन तस्करी प्रकरण : महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुन तस्करी प्रकरण : महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । पक्राउ परेको तस्करीको सुन छुटाउन भन्दै भन्सारमा दबाब दिएको आरोपमा पक्राउ परेका महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश एिको हो ।

उनलाई गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्