संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा १ प्रतिशत कम राख्ने व्यवस्था खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने निक्षेपमा व्यक्तिगत र संस्थागत दरमा हुने फरक खारेज गरेको छ।
नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षा गर्दै संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरेकाे हाे ।
‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ’ समीक्षामा भनिएको छ।













