कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजस्व सचिव भूपाल बराल नियुक्त
काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल कर्मचारी सञ्चय काेषकाे अध्यक्ष नियुक्त भएका छन् ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले बराललाई काेषकाे सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेकाे हाे ।
अर्थमन्त्री रामेश्वर खनाकाे प्रस्तावमा अध्यक्ष बनेका बराल तीन साता अघि मात्र राजस्व सचिवकाे जिम्मेवारीमा आएका थिए।













