चिरायु भण्डारी प्राइम लाईफ इन्स्योरेन्सको महाप्रवन्धकमा नियुक्त « Arthapath.com
३ फाल्गुन २०७६, शनिबार

चिरायु भण्डारी प्राइम लाईफ इन्स्योरेन्सको महाप्रवन्धकमा नियुक्त



काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सको महाप्रवन्धकमा चिरायु भण्डारी नियुक्त भएका छन् । भण्डारी नेपाल प्र्नबिमा कम्पनीको सिईओबाट गत असारमा अवकास पाएका हुन् । भण्डारी पुर्नबिमा कम्पनीको सिईओमा पुन आवेदन दिएका थिए । अन्तिम ३ जनाको लिष्टमा रहेका भण्डारी विचमा सानिमा लाईफ इन्स्योरेन्सको सिईओमा नियुक्तीको तयारी भएपनि कुलिङ पिरिएडका कारण राकिएको थियो ।

भण्डारीले विहिबारबाटै प्राइम लाईफको महाप्रवन्धकको जिम्मेवारी सम्हालेका हुन । नेपालको बिमा बजारमा मात्रै ४ दशक बिताएका चिरायु भण्डारी यसअघि नेपाल पुर्नबिमा कम्पनीको सिईओ थिए । पुर्नबिमामा उनि आएको पनि ४ वर्षे कार्यकाल सकाएर भण्डारी पुनः विज्ञापनमा आवेदन दिएका थिए ।

भलाद्मी स्वभावका धेरै नबोल्ने काममै दत्तचित्त भएर लाग्ने भण्डारी काडमाडौंको तिनथानामा जन्मेका हुन । तत्कालिन आकष्मीक बिमा कोषलाई सरकारले पछि नेपाल पुर्नबिमा कम्पनी बनाएर भण्डारीलाई जिम्मा दिएपछि पुर्नबिमा स्थापनाको ५ वर्षमै उल्लेख्य काम गरेको छ । भण्डारीकै कार्यकालमा नेपाल रिले विदेशी पुर्नबिमा कम्पनीबाट समेत विजनेश ल्याउनसक्ने अवस्थामा पुगेको छ ।

९ वर्ष राष्ट्रिय बिमा संस्थानमा काम गरेर नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी खोल्न गएका भण्डारी सो कम्पनीका संस्थापकसमेत हुन । उनि २६ वर्ष नेशनल लाइफ इन्स्योरेन्मा काम गरेर सहायक महाप्रवन्धकबाट छाडेका भण्डारी लगत्तै सरकारले पुर्नबिमाको सिईओ बनाएको थियो । बिमा क्षेत्रमा ३९ वर्ष विताइसकेका भण्डारीलाई हालका सिईओ मनोज भट्टराईको कार्यकाल सकिएपछि सिईओ दिनेगरी लगेको बताइएको छ । भट्टराईको दोस्रो कार्यकाल सकिन साँढे २ वर्ष बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्