फेरि बढ्याे सुनकाे मूल्य, चाँदीमा पनि दिनदिनै नयाँ रेकर्ड
काठमाडाैं । बुधबार पुनः नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे प्रतिताेला ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज तोलामा ८०० रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५४ हजार १०० रूपैयाँ पुगेकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ५३ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै चाँदीकाे मूल्य पनि ताेलामा ११० रूपैयाँ बढेकाे छ । चाँदी आज प्रतितोला तीन हजार ६५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।













