फर्स्ट माइक्रोफाइनान्सकाे ६.५ प्रतिशत नगद लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

फर्स्ट माइक्रोफाइनान्सकाे ६.५ प्रतिशत नगद लाभांश घोषणा



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

लघुवित्तको बुधबार बसेकाे २४४ औं संचालक समिति बैठकले सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ६.५ प्रतिशत लाभांशस्वरुप ८ करोड ७४ लाख १६ हजार ६३६ रुपैयाँ प्रदान हुने कम्पनीले जनाएको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंककाे स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्