सिटिजन्स सन्तुलित योजनाका इकाइ पुस ४ गतेदेखि निष्काशनमा आउँदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटिजन्स सन्तुलित योजनाका इकाइ पुस ४ गतेदेखि निष्काशनमा आउँदै



काठमाडाैं । पुस ४ गतेदेखि सिटिजन्स सन्तुलित योजनाको इकाई निष्काशन तथा बिक्रि खुला हुने भएकाे छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस सामूहिक लगानी कोष याेजना अन्तर्गत १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याउन लागेको हो।

सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याउने छ। जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। निष्काशन बन्द छिटोमा पुस ८ गते हुनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा पुस १८ गतेसम्म निष्काशन अवधि लम्बिन सक्छ।


प्रतिक्रिया दिनुहोस्