एकैदिन ३५०० रूपैयाँ बढ्याे सुनको मूल्य, चाँदीमा आज फेरि नयाँ किर्तिमान
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन र चाँदीको मूल्य उच्च रकर्ड स्तरमा पुगेको छ ।
आज सुनको मूल्य एकैदिन ३ हजार ५०० रुपैयाँले बढेको छ चाँदी प्रतिताेला १०० रूपैयाँ बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५६ हजार ६०० रूपैयाँ निर्धारण भएकाे छ ।
हिजाे छापावल सुन प्रतिताेला २ लाख ५३ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै चाँदीकाे भाउ पनि लगातार बढेर उच्च रेकर्ड बनाएकाे छ । हिजो तोलामा ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतिताेला ३ हजार ९०५ रुपैयाँ कायम भएकाे छ ।













