चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, आज चार मन्त्री थपिँदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, आज चार मन्त्री थपिँदै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । शुक्रबार थप चार जना नयाँ मन्त्रीलाई समावेश गर्न लागिएको छ ।

श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइने निर्णय भएको शीतल निवास स्रोतले जनाएको छ ।

नयाँ मन्त्रीहरूले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । श्रद्धालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तै, चौलागाईंलाई वन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । भण्डारीलाई श्रम तथा रोजगार मन्त्रालयको हकमा जिम्मेवारी दिने तयारी छ । यता, इङ्नामलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे शीतल निवासमा हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्