सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।
७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले महाधिवेशनको बन्दसत्र सुरू हुन अघि केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा सक्रिय राजनीतिबाट बिदा लिने घाेषणा गरेका हुन्। याेसँगै यी दुबै जना कुनै पदमा उम्मेदवार बन्ने छैनन् ।
बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’
दुवै नेताले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओलीलाई पनि बिदा हुन आग्रह गर्दै आएका छन् ।













