फर्स्ट माइक्रोफाइनान्सले डाक्याे साधारण सभा, ६.५० प्रतिशत नगद लाभांश पारित गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

फर्स्ट माइक्रोफाइनान्सले डाक्याे साधारण सभा, ६.५० प्रतिशत नगद लाभांश पारित गर्ने



काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस ३० गते, बुधबार, शुभम् रिसेप्सन, कालोपुल, काठमाडौँमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्