विशाल ग्रुपलाई महासंघको सांकेतिक चेतावनिः व्यावसायिक आचार संहिताको पालना गर « Arthapath.com
२७ आश्विन २०७७, मंगलवार

विशाल ग्रुपलाई महासंघको सांकेतिक चेतावनिः व्यावसायिक आचार संहिताको पालना गर



काठमाडौं । गुणस्तरहीन सामान बिक्री गर्ने बिशाल ग्रुपलाई नेपाल उद्योग बाणिज्य महासंघले आचारसहिंता अनुसार सामान बिक्री गर्न आग्रह गरेको छ । महासंघले मंगलबार विज्ञप्ती जारि गर्दै व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न सम्पूर्ण उद्यमी व्यवसायीहरूमा नेपाल उद्योग वाणिज्य महासंघको आग्रह छ भनि विज्ञप्ती निकालेको छ । ।

केहि दिन देखि बिशाल ग्रुपले मिति सकिएर गुणस्तरहीन भइसकेका सामानमा नयाँ मिति टाँसेर बजारमा पठाउने कार्य गरेको पाईएको छ । जुन उद्योग वाणिज्य महासंघले पनि आचार सहिंता विपरीत भएको ठहर गरेको हो ।

विशाल ग्रुपले नष्ट गर्नुपर्ने सामग्रीमा धमाधम नयाँ मिति टाँसेर बजारमा पठाइरहेको प्रहरीले फेला परेको थियो । नेपालको ठूलो व्यावसायिक घराना विशाल ग्रुपले मानव स्वास्थ्यलाई प्रतिकुल असर हुने गरी गुणस्तरहीन सामानमा नयाँ मिति टासिरहेको बेला प्रहरीले फेला पारेको थियो ।

यस्तो छ महासंघको विज्ञप्ती

व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न सम्पूर्ण उद्यमी व्यवसायीहरूमा नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

विश्वव्याधी कोभिड–१९ का कारण नेपाल पनि पछिल्लो पटक निकै प्रभावित बन्दै गएको छ । कोरोना संक्रमितहरूको संख्या तिव्रतररूपमा बढ्दै छ । यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्थतन्त्रमा गम्भीर असर परिरहेको छ । समग्रमा भन्दा मुलुक इतिहासकै सवैभन्दा गम्भीरसंकटतर्फ उन्नमुख छ । महामारीको यो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र बाँच्न पाउने अधिकारको रक्षानै हो ।

निजी क्षेत्रले महामारीमा नेपाल सरकारलाई दरिलो साथ र सहयोग दिंदै आएको छ भने अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अहोरात्र खटिरहेको छ । महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूप्रति महासंघ आभार प्रकट गर्दछ । यस्तो कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनस्उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्‍याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कहिल्यै र कहिकतैबाट जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनुहुंदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसंग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन । यदि कहीकतैबाट भएको रहेछ भने कानून अनुसार कारवाहीको भागीदार हुनुपर्ने हुंदा प्रचलित कानून विपरितका कार्यमा संलग्न नहुन सम्बन्धित सवैमा आग्रह गर्दै महासंघ आफ्ना सबै सदस्य जिल्लारनगर उद्योग वाणिज्य संघहरू मार्फत मुलुकभरका उद्यमी व्यवसायीहरूमा व्यावसायिक आचार संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आव्हान गर्दछ ।

साथै, चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्लारनगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउंदै सवै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न समेत महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्