६३ दलले बुझाए समानुपातिक सूची, कांग्रेसको बन्दसूची कुरेर बसेको छ आयोग
काठमाडौं । मंगलबार बहिानसम्म ६३ दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत ६३ दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।
तर नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची अझै बुझाउन सकेको छैन । खसआर्यतर्फ तीन महिला उमेदवारका नाममा विवाद हुँदा कांग्रेसले अझै नाम टुंगिन लगाउन नसकेको हो ।
बन्दसूची बुझाउनेमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीलगायत रहेका छन् ।
आयोग अब कांग्रेसको बन्दसूची कुरेर बसिरहेको छ ।













