निजी क्षेत्रलाई सुविधा दिनुपर्नेमा दुबिधा छैन : पूर्व प्रधानमन्त्री भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निजी क्षेत्रलाई सुविधा दिनुपर्नेमा दुबिधा नरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले आर्थिक उन्नति गर्ने अहिलेको प्रणाली फेर्नुपर्नेमा जोड दिएका छन् ।
उनले अहिलेको प्रणालीमा धेरै सरकार फेरिने भएकाले आर्थिक उन्नति हुन नसकेको बताएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्नेमा उनको भनाई छ ।
देशलाई विकास गर्न वार्षिक दोहोरो अंकको आर्थिक वृद्धिदर चाहिने भएकाले गर्दा त्यो अहिलेको प्रणालीमा सम्भव नहुने भट्टराईको भनाई छ ।
विदेशमा भएको लगानी भित्राउन एनआरएनलाई समेत एक पटकका लागि भए पनि नागरिकता दिनुपर्नेमा जोड दिएका छन् ।













