पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
काठमाडौं । पेट्रोको मूल्य ४ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य घटाएको हो ।
निगमका अनुसार डिजेल÷मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।












