अंग्रेजी नयाँ वर्षको दिन सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अंग्रेजी नयाँ वर्षको दिन सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 



काठमाडौं । आज अंग्रेजी नयाँ वर्ष १०२६ को पहिलो दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनेको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ । 

बुधवार प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो । 

बुधवार प्रतितोला ४ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ४१५ रुपैयाँमा आएको छ । 


प्रतिक्रिया दिनुहोस्