पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै पाल्पा सिमेन्ट, क-कसले दिन पाउँछन् आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै पाल्पा सिमेन्ट, क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडाैं । आगामी पुस २५ गतेदेखि पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

याे आईपीओ उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपसारी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दहरुका लागि हो।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजाररुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ ९ गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस्