नुवाकोट क्षेत्र नं २ मा रास्वपाका दिनेश आचार्यको दावी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नुवाकोट क्षेत्र नं २ मा रास्वपाका दिनेश आचार्यको दावी



काठमाडाैं । चुनावी माहोल तातिदै गएको बेला नुवाकोट क्षेत्र नं २ बाट संघीय सांसदको रुपमा राष्ट्रीय स्वतन्त्र पार्टीको तर्फबाट दिनेश आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

रास्वपाले चुनावमा उम्मेदवार हुन चाहनेका लागि आवेदन आव्हान गरेकोमा आचार्य आन्तरिक प्रतिस्पर्धामा उत्रने भएका हुन् ।

बिराजभक्त श्रेष्ठ प्रमुख रहेका रास्वपाको केन्द्रीय मौद्रीक वित्त विभागको सदस्य रहेका आचार्य राष्टियस्तरका शेयर बजार बिज्ञको रुपमा चिनिन्छन् ।

राजनीतिक परिवारबाट आएका र कुनै समय नुवाकोटमा दर्जनौं सामाजिक तथा व्यवशायीक संस्थाहरुको नेतृत्व गर्दै हाल राष्टिय पहिचान बनाएका आचार्यलाई नुवाकोटमा धेरैले उम्मेदवार बन्न आग्रह गर्दै आएका थिए ।

दिनेश आचार्य नुवाकोटमा चिनिएको नाम हो । व्यवशायीक पत्रकारितामार्फत करियर शुरु गरेका आचार्यले प्राध्यापन र कानुन व्यवशायीको रुपमा पनि अनुभव हासिल गरेका छन् ।

हाल शेयर बजार बिज्ञ एवम मर्चेन्ट बैंकरको रुपमा चिनिने आचार्य राष्टिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै आवद्ध छन् । २०७९ को निर्वाचनमा राष्टिय स्वतन्त्र पार्टीले उनलाई उम्मेदवारको रुपमा प्रस्ताव गरे पनि उहाँकै पहलमा सुमनविक्रम पाण्डेलाई उम्मेदवार बनाइएको थियो । पाण्डेले अहिले पनि आचार्यलाई आफ्नो ‘राजनीतिक गुरु’ भन्दै सम्मान गर्छन् ।

राजनीतिशास्त्रमा एमए, मिडिया टेक्नोलोजीमा एमएमटी उत्तिर्ण गरेका आचार्यले कानुन बिषयमा एलएलएम अध्ययन गरेका छन् । नुवाकोटको प्रजातान्त्रि आन्दोलनका अगुवा एवम निकै सम्मानिक राजनीतिज्ञको रुपमा चिनिने स्व बिष्णु आचार्यका सुपुत्र दिनेश आचार्य एकदमै प्रष्टवक्ता, तर्कशील र निडर बौद्धिक युवाको रुपमा चिनिन्छन् ।

पछिल्लो समय व्यवशायीक गतिविधीहरुमा केन्द्रीत रहनुभएका आचार्य एलिट ग्रुप अफ कम्पनीजको अध्यक्ष हुन् । सो ग्रुप अन्तरगत एलिट क्यापिटल लिमिटेड, एलिट स्टक हाउस र एलिट ईन्भेष्टमेन्ट लगायतका कम्पनी संचालनमा छ । उनी मर्चेन्ट बैंकर र इक्विटी ईन्भेष्टरको रुपमा बिभिन्न वित्तिय संस्था, जलबिद्युत कम्पनी, भेन्चर क्यापिटल कम्पनी र पर्यटनसम्बन्धि व्यवशायमा पनि संलग्न छन् ।

उनकै अगुवाईमा २०६५ सालमा नुवाकोटमा हाम्रो विकास बैंकको स्थापना भएको थियो । सो बैंकले नुवाकोटमा स्थानीयस्तरमा बैंकिग सेवामा उदाहरणिय काम गरेको थियो । उनी सो बैंकको निर्देशक र अध्यक्ष समेत रहे । हाल हाम्रो विकास बैंक ज्योती विकास बैंकसँग मर्ज भएको छ ।

यसबाहेक नुवाकोटको ग्रीनलाईन ग्रुपको संस्थापक अध्यक्ष रहेका उनको पहलमा ग्रीनलाई सहकारी, ग्रीनलाईन ईन्जिनियरिग कन्सल्टेन्सी र ग्रीनलाईन नेपाल नामक संस्था समेत संचालनमा छ । नुवाकोट रेडक्रसमा १२ बर्ष नेतृत्व तहमा रहेर काम गर्नुभएका आचार्यले थुप्रै सामाजिक संस्थाहरुको नेतृत्वमा थिए ।

२०५४ सालमा नुवाकोटबाट पत्रकारिता शुरु गरेको आचार्यले २५ बर्षअगाडी त्रिशुली प्रवाह साप्ताहिकमा शुरु गरेको ‘तितो तथ्य’ नामक स्तम्भ १० बर्षसम्म नुवाकोटमा निकै चर्चित र खोजिखोजी पढिन्थ्यो ।

सामाजिक संजाल शुरु नभएको त्यो समय दिनेश आचार्य नुवाकोटमा हरेकले खोज्ने नाम थियो । त्यसपछी काठमाडौंमा गएर शेयर बजारलाई मिडियामा ल्याउने पहिलो व्यक्ति नै उहाँ हुनुहुन्छ । पत्रिकादेखि रेडियो र टेलिभिजनमा नेपाली पुँजीबजारलाई स्थापित गराउने श्रेय उनलाई नै जान्छ ।

बिभिन्न राष्टिय अन्तराष्टिय मिडियामा आवद्ध भएर काम गरेपछी प्राध्यापन र कानुन व्यवशायमा लाग्नुभएका आचार्य पछिल्लो समय बिभिन्न व्यवशायमा संलग्न छन् ।


प्रतिक्रिया दिनुहोस्