तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । आज सुनको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । नेपाल सुनचाँदी पत्थर, रत्न तथा अपभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको छ । 

बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीको मूल्यमा पनि उच्च दरमा वृद्धि भएको छ । चाँदी प्रतितोला ११० रुपैयाँले बढेको महासंघले जनाएको छ । 

बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा किनबेच भएको चाँदी आज शुक्रवार बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्