एमाले अध्यक्ष ओलीको स्थान हद फुकुवा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एमाले अध्यक्ष ओलीको स्थान हद फुकुवा



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

उच्चस्तरीय जाँचबुझ आयोगले ओलीकाे बयान लिएपछि स्थान हद फुकुवा गरेकाे हाे । सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा गरेकाे हाे ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको आयोगले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्