नव नियुक्त मन्त्रीको सपथ साढे ११ बजे
काठमाडौं । नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आज साढे ११ बजेको लागी तय भएको छ ।
हिजो नियुक्त भएक मन्त्रीहरुको सपथ आज बिहान साढे ११ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका तीन मन्त्रालयका नेतृत्व परिपूर्ति गर्नुका साथै केही मन्त्रीको जिम्मेवारीसमेत फेरबदल भएको छ । नवनियुक्त मन्त्रीहरूलाई आजशपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको ।
नव नियुक्त मन्त्रीहरुमा पार्टी महासचिव विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका छन । भने प्रधानमन्त्रीले रक्षा मन्त्रालय संहाल्दै आएका ईश्वर पोखरेलको मन्त्रालय खोसेका छन । पोखरेल रक्षाबाट हटेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ । महिला बालबालिका तथा समाजकल्याणमन्त्री रहेका पार्वत गुरुङले संचार मन्त्रालयको जिम्मेवारी पाएका छन ।
त्यस्तै महिला बालबालिका तथा समाजकल्याणमन्त्रीमा लिलानाथ श्रेष्ठ नियुक्त भएका छन । त्यसैगरी काठमाडौं ९ बाट चुनाव जितेका कृष्णगोपाल श्रेष्ठ शहरी विकासमन्त्री बनेका छन ।