रेकर्ड बिन्दुबाट घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । नेपाली बजारमा लगातार बढेर नयाँ रेकर्ड कायम गरेकाे सुनचाँदीकाे मूल्य बिहिबार घटेकाे छ। हिजाे ताेलामा १५०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा १५०० रूपैयाँले नै घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ ।हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि १७० रूपैयाँ घटेकाे छ । हिजाे प्रतिताेला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज प्रतिताेला ५ हजार ४ सय ८५ रूपैयाँ कायम भएकाे छ।













