आज अमेरिकी डलर सँगै बढ्याे युरो, पाउण्ड र स्वीस फ्रयाङ्ककाे मूल्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज अमेरिकी डलर सँगै बढ्याे युरो, पाउण्ड र स्वीस फ्रयाङ्ककाे मूल्य



काठमाडाैं । मंगलबार अमेरिकी डलर सँगै युरोपियन युरो, पाउण्ड स्टर्लिङ र स्वीस फ्रयाङ्ककाे भाउ पनि बढेकाे छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । हिजाे अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा ताेकिएकाे थियाे ।

यस्तै आज युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

हिजाे युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ७० पैसा र बिक्रीदर १८१ रुपैयाँ ४४ पैसा कायम गरिएको थियाे ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा र सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८५ पैसा र बिक्रीदर २० रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६३ पैसा र ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा तोकेको छ।


प्रतिक्रिया दिनुहोस्