हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरकाे भाउ, युराे र पाउण्ड घट्याे
काठमाडाैं । शुक्रबार अमेरिकी डलरकाे भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ ।
हिजाे अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा ताेकिएकाे थियाे ।
यस्तै आज युरोपियन युरो, युके पाउण्ड, स्विस फ्र्याङ्ककाे भाउ घटेकाे छ । आज युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ १७ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रूपैयाँ २१ पैसा कायम गरिएको छ ।
हिजाे युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा कायम भएकाे थियाे।
यता अष्ट्रेलियन डलरकाे भाउ पनि बढेकाे छ। आज अष्ट्रेलियन डलर एकको खरिददर ९९ रूपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रूपैयाँ ९४ पैसा ताेकिएकाे छ। हिजाे अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा कायम भएकाे थियाे।
यस्तै क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रूपैयाँ ४५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २२ पैसा र बिक्रीदर नौ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ९८ पैसा र बिक्रीदर २१ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३९ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ १५ पैसा र बिक्रीदर ४० रूपैयाँ ३१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६७ पैसा र बिक्रीदर चार रूपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४० रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १५ पैसा र बिक्रीदर १६ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ९२ पैसा र बिक्रीदर २३ रूपैयाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रूपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रूपैयाँ ०८ पैसा र बिक्रीदर ३८१ रूपैयाँ ६४ पैसा ताेकेको छ ।













