फेरी बढेर नयाँ रेकर्ड बनायो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फेरी बढेर नयाँ रेकर्ड बनायो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज मंगलबार पनि सुनको मूल्य बढेको छ । आज मंगलबार सुनको मूल्य बढेर फेरी नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ । 

आज सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार सुन सोमबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज पनि चाँदीको मूल्यले समेत नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 

सोमबार प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्