१२० प्रतिशतले बढ्याे मितेरी डेभलपमेन्ट बैंकको नाफा, ज आम्दानी र सञ्चालन मुनाफामा पनि उत्साहजनक वृद्धि
१२० प्रतिशतले बढ्याे मितेरी डेभलपमेन्ट बैंकको नाफा, ज आम्दानी र सञ्चालन मुनाफामा पनि उत्साहजनक वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंकको नाफा १२०.२६ प्रतिशतले बढेको छ।
बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिसम्म ५ करोड ७० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानीमा पनि उत्साहजनक सुधार देखिएको छ। अघिल्लो वर्षको तुलनामा यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६८.४३ प्रतिशतले बढेर १४ करोड ४६ लाख ३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको यस्तो आम्दानी ८ करोड ५८ लाख ५२ हजार रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि १२०.२६ प्रतिशतले बढेर ८ करोड १४ लाख ३६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ करोड ६९ लाख ७३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
यस्तै, पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७९ लाख ६ हजार रुपैयाँ रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ४.२५ रुपैयाँबाट बढेर ९.३७ रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा बैंकको पीई रेसियो ६४.१ गुणा र प्रतिशेयर नेटवर्थ १३५.९८ रुपैयाँ रहेको छ।
चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष र सञ्चित नाफा ४३ करोड ७९ लाख २६ हजार रुपैयाँ रहेको छ।
पुस मसान्तसम्म बैंकले ८ अर्ब ३८ करोड ९९ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ५६ करोड २५ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।













