साढे १४ अर्बको कारोबार सहित साढे १७  अंकले घट्यो शेयर बजार  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साढे १४ अर्बको कारोबार सहित साढे १७  अंकले घट्यो शेयर बजार 



काठमाडौं । साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५३ अंकले घटेको छ । आज नेप्से ०६४ प्रतिशतले घटेर परिसूचक २७१४ विन्दुमा पुगेको छ । 

आज दिनभरमा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज दिनभरमा ३ अर्ब ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको भने स्थिर रहेको छ । 

दिनभरमा ३२० वटा कम्पनीको १ लाख ३८ हजार ८८३ पटक शेयर किनबेच भएको छ ।  

आज बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण सार्वजनिक गर्दा समेत शेयर बजार भने घटेको छ । आज बैंकिङ समूहदेखि विकास बैंक र फाइनान्सको समेत सूचक घटेको छ । 


प्रतिक्रिया दिनुहोस्