गरिमा विकास बैंकको ६३ हजार बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गरिमा विकास बैंकको ६३ हजार बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने



काठमाडौँ । गरिम विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ६३ हजार २०० कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो।

बैंकको सञ्चालक समितिको गत माघ ९ गते सम्पन्न बैठकले सेयरधनीहरूको निवेदनबमोजिम उक्त सेयर बिक्री गर्ने निर्णय गरेको थियो। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार, कुनै पनि बैंकको संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई नै दिनुपर्ने व्यवस्था छ।

बैंकले प्रकाशित गरेको सूचना अनुसार, उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक संस्थापकहरूले बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा पुगी आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाई निवेदन पेस गर्न सक्नेछन्।

यदि तोकिएको ३५ दिनको समयसीमा भित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा मात्र ती सेयरहरू बैंकले अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्