सामान्य अंकले बढ्याे नेप्से, काराेबार रकम भने ८ अर्बमा खुम्चियाे
काठमाडाैं । लगातार दुई घटेकाे सेयर बजारमा साेमबार सामान्य सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.५३ अंकले बढेर २६ सय ९५ दशमलव ७३ विन्दुमा पुगेर रोकिएको छ ।
आज होटल तथा पर्यटन समुहको पउसूचक १.७७ र उत्पादन तथा प्रशोधन समुहको उपसूचक १.४५, विकास बेंक ०.७२, नीर्जिवन बीमा ०.१९ र व्यापार समुह ०.०२ प्रतिशत बढेको छ भने बाँकी सबै उपसूचक घटेका छन् ।
नेप्से बढे पनि यसदिन कारोबार रकम भने घटेको छ। आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
हिजो ३ सय २९ वटा कम्पनीका २ करोड २० लाख कित्ता शेयर ९ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको थियो ।
आजकाे काराेबारमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज र हिमस्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बन्दीपूर केवल कार र सान्भी इनर्जीको सेयर मूल्य क्रमशः ९.९३ र ९.९४ प्रतिशत बढेको छ।यता मिथिला लघुवित्तकाे सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेकाे छ।
यसदिन ११४ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १३४ कम्पनीकाे सेयर मूल्य घटेकाे छ। यस्तै १३ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ।













