सुनको मूल्य ३७ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य ३७ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३७ रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ । 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य समेत आज बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्