२४ भदौ २०८३, बुधबार

एलआरआर मोटर्सद्धारा २०२६ मोडलकाे जिली ईएक्स ५ सार्वजनिक



काठमाडौं। नेपालका लागि जिली ईएक्स ५ को आधिकारिक आयातकर्ता तथा विक्रेता एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली ईएक्स ५ सार्वजनिक गर्दै देशको अटोमोबाइल उद्योगमा फेरि एकपटक नयाँ मापदण्ड स्थापित गरेको छ।

सामान्य बजार समय–तालिकाभन्दा निकै अगावै नयाँ मोडलको उपस्थितीलाई कम्पनीले उल्लेखनीय उपलब्धि बताएको छ ।

नेपालका अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारीसाधनहरू प्रायः वर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको अवस्थामा, एलआरआर मोटर्सले २०२६ सालको पहिलो महिनामै २०२६ मोडलको जिली ईएक्स ५ नेपाली बजारमा उपलब्ध गराउन सफल भएको हो ।

जसले नेपाली उपभोक्तामाझ नवीनतम विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई तत्कालै सर्बसुलभ गराउने कम्पनीको प्रतिबद्धतालाई पुर्नपुष्टि गरेको छ ।

जिली ईएक्स ५ खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरूका लागि यो खबर अत्यन्तै सकारात्मक रहेको छ । अब ग्राहकहरूले अपेक्षाभन्दा निकै छिटो नयाँ मोडलको सवारीसाधन प्राप्त गर्न सक्नेछन्, जसले उच्च पुनःबिक्री मूल्य, अद्यावधिक प्रविधि तथा भविष्य–मैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ ।

थप आकर्षणका रूपमा, २०२६ मोडलको जिली ईएक्स ५ मा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोनसँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको छ ।

यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली ईएक्स ५ लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।

“नेपाली ग्राहकहरुलाई ढिलाइ नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय होे,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, “इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ ईएक्स ५ ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छाैं ।”

“ग्राहकहरूको दृष्टिकोणबाट हेर्दा, यसले अद्यावधिक प्रविधियुक्त सवारीसाधन र दीर्घकालीन रूपमा अधिक मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्दछ,” श्रेष्ठले थपे ।

यस्तो प्रारम्भिक उपलब्धताले ग्राहकहरूलाई पुरानो वा आउटगोइङ मोडलको सवारीसाधन खरिद गर्नुपर्ने अवस्थाबाट बचाउँछ । यस कदमले एलआरआर मोटर्सलाई बजार समयतालिकाभन्दा अघि रहन र ग्राहकको अपेक्षा पूरा गर्न प्रतिबद्ध अग्रणी ब्रान्डको रूपमा स्थापित गरेको छ ।

समयमै गरिएको सार्वजनिकरणसँगै, एलआरआर मोटर्सले नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा विश्वस्तरीय सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउने लक्ष्यप्रति केन्द्रित अग्रगामी अटोमोबाइल कम्पनीको रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाएको छ ।