हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा 



काठमाडौं । हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर धनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको विभिन्न संस्थापक शेयर धनीको नाममा हरेको १२ लाख ८२ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीका ल्याएको हो । 

उक्त शेयरमा भने हाल कायम रहेका संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । ३५ दिन भित्र उक्त शेयर अहिले कायम भएका संस्थापक शेयर धनीले नकिनेको खण्डमा अन्य सर्वसाधारण वा संस्थाका लागि पनि उक्त शेयर बिक्री गरिने छ । 

इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित हिमालयन बैंकको कानुन विभागमा पेस गर्न सकिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्