घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने १२५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८६० रुपैयाँमा आएको महसंघले जनाएको छ ।













