ज्योति विकास बैंकको साधारण सभा आह्वान
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गते सभा बस्ने निर्णय गरेको हो ।
कम्पनीको १८ औँँ सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्ने भएको छ । सभाले लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव भने गरेको छैन ।
कम्पनीले फागुन १४ गते एक दिनका लागि बूक क्लोजको मिति तय गरेको छ ।














