मध्यराती त्रिशुलीमा बस खस्याे, १७ जनाकाे मृत्यु « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मध्यराती त्रिशुलीमा बस खस्याे, १७ जनाकाे मृत्यु



काठमाडाैँ । पाेखराबाट काठमाडाैँलर्फ आउँदै गरेकाे यात्रुवहाक बस त्रिशुलीमा खसेकाे छ ।

बस त्रिशुली किनारमा दुर्घटना हुँदा १७ जनाकाे घट्नास्थलमै मृत्यु भएकाे जनाइएकाे छ ।

साेमबार विहान करिव साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीमा खसी दुर्घटना भएको हाे ।

वस दुर्घटनामा परि घाइते २४ जनालाई विभिन्न अस्पताल पठाइएकाे छ ।

घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे विपद व्यवस्थापन टाेलीले उद्दार गरेकाे हाे । मृतककाे सनाखत हुन बाँकी रहेकाे नेपाल प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्