विदेशी मुद्राको विनिमय दर: डलर घट्दा युरो, पाउन्ड र अष्ट्रेलियन डलर महँगियो « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

विदेशी मुद्राको विनिमय दर: डलर घट्दा युरो, पाउन्ड र अष्ट्रेलियन डलर महँगियो



काठमाडाैं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट आएको छ ।

डलरको भाउ केही घट्दा युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलरको मूल्य भने वृद्धि भएको छ।

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा र युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

हिजाे अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा र युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा ताेकिएकाे थियाे ।

यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा कायम गरिएकाे छ।

हिजाे युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २२ पैसा र बिक्रीदर १८८ रुपैयाँ र अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा ताेकिएकाे थियाे ।

केन्द्रीय बैंकका अनुसार आज क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३५ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

यस्तै थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ४७७ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ र बिक्रीदर ३८६ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्