निर्वाचनका दिन यती एयरलाइन्सका सबै उडान स्थगित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्वाचनका दिन यती एयरलाइन्सका सबै उडान स्थगित



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन यती एयरलाइन्सले आफ्ना सबै उडानहरू स्थगित गर्ने निर्णय गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै निर्वाचनको दिन कुनै पनि उडान सञ्चालन नहुने स्पष्ट पारेको हो।

निर्वाचन आयोगले यसपटकको चुनावमा आन्तरिक उडानलाई निरन्तरता दिने नीति लिए पनि यती एयरलाइन्सले भने आफ्ना सेवा रोक्ने निर्णय लिएको हो। आयोगको निर्णयअनुसार अन्य वायुसेवा कम्पनीहरूले चाहेमा उडान भर्न सक्ने बाटो खुला छ, तर यतीले भने व्यवस्थापकीय कारण देखाउँदै सो दिन उडान नगर्ने जनाएको छ।

एयरलाइन्सका अनुसार फागुन २२ गतेदेखि मात्रै उडानहरू पुनः नियमित तालिकामा सञ्चालन हुनेछन्। निर्वाचनको दिन काठमाडौंमा हवाई यात्रुहरूको सहजताका लागि सटल बसको व्यवस्था गरिए पनि अन्य विमानस्थलहरूमा भने यस्तो सुविधा उपलब्ध हुने छैन।


प्रतिक्रिया दिनुहोस्