आज ४ हजार २०० रूपैयाँले घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ? « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

आज ४ हजार २०० रूपैयाँले घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लाे काराेबार दिन बुधबार एकै दिन ताेलामा ११००० रूपैयाँले घटेकाे सुनकाे भाउ आज पनि तोलामा ४ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ । फागुन २० गते सुन प्रतितोला ३ लाख १७ हजार ६ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । फागुन २० गते चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्