बढ्याे सुन-चाँदीकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बढ्याे सुन-चाँदीकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा दुईदिन लगातार घटेको सुनचाँदीको मूल्य आइतबार बढेको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार तोलामा ४ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलकाे ३ लाख १६ हजार ९०० रूपैयाँ ताेिकएकाे छ।

अघिल्लाे काराेबार दिन शुक्रबार छापावाल सुन प्रतिताेला ३ लाख १३ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ३० रूपैयाँ बडेकाे छ । गत शुक्रबार प्रतिताेला ५ हजार ४ सय ४५ रूपैयाँमा काराेबार भएकाे चाँदीकाे भाउ आज ५ हजार ४ सय ७५ रूपैयाँ कायम भएकाे छ।


प्रतिक्रिया दिनुहोस्