हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलर, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलर, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर



काठमाडौं । तिनदिनदेखि स्थिर रहेकाे अमेरिकी डलरकाे भाउ मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राहरूको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा तोकिएको छ। हिजो यसको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा रहेको थियो।

यता युरो, पाउण्ड र अस्ट्रेलियन डलरको भाउमा पनि वृद्धि भएको छ। आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा कायम भएको छ। हिजो युरोको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा रहेको थियो।

त्यसैगरी, आज बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा तोकिएको छ। हिजो यसको खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा थियो।

अस्ट्रेलियन डलरको भाउ पनि बढेर आज खरिददर १०३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा पुगेको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा तोकिएको थियो। यस्तै स्विस फ्र्याङ्क आज खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा रहेको छ।

यसैगरि राष्ट्र बै.कका अनुसार आज क्यानेडियन डलर एकको खरिददर १०८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रूपैयाँ ३६ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रूपैयाँ १५ पैसा र बिक्रीदर ११५ रूपैयाँ ३६ पैसा, जापानी येन एकको खरिददर ९ रूपैयाँ ३० पैसा र खरिददर ९ रूपैयाँ ३४ पैसा, चिनियाँ युआन एककाे खरिददर २१ रूपैयाँ ३१ पैसा र बिक्रिदर २१ रूपैयाँ ४० पैसा ताेकिएकाे छ।

यस्तै साउदी अरबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४० रुपैयाँ ५० पैसा तथा संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा तथा थाई भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा तोकिएको छ।

त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ १३ पैसा र ओमानी रियाल एकको खरिददर ३८२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ४९ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ ०१ पैसा, ड्यानिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८१ पैसा र बिक्रीदर २२ रुपैयाँ ९१ पैसा तथा हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्