बुधबार पनि ताेलामा २००० रूपैयाँले बढ्याे सुन, चाँदीकाे स्थिर
काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो तोलमा ३८०० रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा २००० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ पुगेको छ । हिजो छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।













