आज एकै दिन सुनको मूल्य ५४ सय रुपैयाँले घट्यो, कतिमा पुग्यो कारोबार ?
काठमाडौं । आज सनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको छ ।
बुधवार प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यमा समेत उच्च गिरावट देखिएको छ । आज चाँदी प्रतितोला १४० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
बुधवार प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १० रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासंघले जनाएको छ ।













