भुजुङ हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भुजुङ हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?



काठमाडाैं । भुजुङ हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

बिहीबार कम्पनी र नेप्सेबीच सूचीकरण सम्झौता भएसँगै कम्पनीकाे १ करोड कित्ता सेयर नेप्सेमा थपिएको हाे ।

जसमा संस्थापको ८० लाख कित्ता र सर्वसाधारणको २० लाख कित्ता रहेको छ। नेप्सेले यो कम्पनीलाई ‘बीजेएचएल’ कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९०.०४ रुपैयाँ र अधिकतम २७०.१२ रुपैयाँ तोकेको छ।

शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शुक्रबार (शेयर कारोबार) नहुने भएकोले यो कम्पनीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

हाइड्रोपावर गत माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो।


प्रतिक्रिया दिनुहोस्