एकैदिन ४ हजार ६००रुपैयाँले घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा भारी गिरावट देखिएको छ। हिजो तोलामा २९०० रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । यस दिन तोलामा १५० रुपैयाँले घटेर चार हजार ६७० कायम भएको छ । अघिल्लो दिन चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।













