आज सुनको मूल्य २५ सय रुपैयाँले घट्यो, चाँदीको के भयो ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज सुनको मूल्य २५ सय रुपैयाँले घट्यो, चाँदीको के भयो ? 



काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा आएको छ । 

चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ । 

आइतबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ७२० रुपैयाँमा कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस्