एकैदिन ताेलामा ६ हजार ७०० रूपैयाँले बढ्याे सुन, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं। मंगलबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ। आज सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ तोकेको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ। ज चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ।
सोमबार प्रतितोला २० रुपैयाँले घटेको चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।













