७४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, ३ लाख नजिक पुग्यो सुन  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

७४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, ३ लाख नजिक पुग्यो सुन 



काठमडौं । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज सुन करिब ३ लाख रुपैयाँ नजिक पुगेको छ । हिजो प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ । 

आज चाँदी भने १०० रुपैयाँले बढको महासंघले जनाएको छ । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्