२० दिनभित्रै तेस्रो पटक बढ्याे इन्धनकाे मूल्य, पेट्रोलको मूल्य २ सय नाघ्दा डिजेल कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२० दिनभित्रै तेस्रो पटक बढ्याे इन्धनकाे मूल्य, पेट्रोलको मूल्य २ सय नाघ्दा डिजेल कति ?



काठमाडौँ । नेपाल आयल निगमले लगातार तेस्राे पटक पेट्राेलियम पदार्थकाे मूल्यमा भारि वृद्धि गरेकाे छ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एकैपटक प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो। यो नयाँ मूल्यदर चैत २० गते मध्यरातदेखि नै देशभर लागु हुनेछ।

निगमले तोकेको नयाँ दरअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि यी सहरहरूमा पेट्रोल १८७ रुपैयाँमा बिक्री भइरहेको थियो। त्यसैगरी, यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ कायम भएको छ।

मूल्यवृद्धिसँगै पहिलो वर्गमा रहेका तराईका प्रमुख सहरहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा पुगेको छ। यसअघि यहाँ १८४ रुपैयाँ थियो। यस्तै, ती क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ।

दोस्रो वर्गमा वर्गीकृत गरिएका सुर्खेत र दाङमा पनि इन्धनको भाउ बढेको छ। अब त्यहाँ पेट्रोल प्रतिलिटर २०१ रुपैयाँ र डिजेल तथा मट्टितेल १८१ रुपैयाँमा खरिद गर्नुपर्नेछ। यसअघि सुर्खेत र दाङमा पेट्रोल १८६ र डिजेल/मट्टितेल १६६ रुपैयाँमा उपलब्ध थियो।

यसअघि निगमले गत चैत १ गते मात्रै पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको थियो। त्यसको केही दिनमै अर्थात् चैत १२ गतेदेखि लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एकमुष्ट १५ रुपैयाँले वृद्धि गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्