प्रतिताेला ४३०० रूपैयाँ घट्याे सुन, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ७ हजार २०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज ४ हजार ३०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।













